लागूऔषधसहित दुईजना पक्राउ

१७ माघ, जनकपुरधाम । सर्लाही प्रहरीले एक महिलासहित दुई जनालाई विभिन्न लागूऔषधसहित पक्राउ गरेको छ ।

सदरमुकाम मलंगवा नगरपालिका ७ गणेशिया टोलबाट टेम्पोमा सवार महिलालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पोमा सवार मकवानपुरको कैलाश गाउँपालिका ५ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई २० किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

यस्तै, कबिलासी नगरपालिका ८ बाट प्रहरीले कारमा सवार एक व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको छ । मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको एचआर २६ बीएफ १८७६ नम्बरको कारलाई जाँच गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

कारमा सवार लालबन्दी नगरपालिका ८ बस्ने ४३ वर्षीय अख्तर हुसेनको साथबाट डाइलेक्स डिसी सय एमएलको ११ बोतल, नुफिन/फेरगन ११ एम्पुल र हाइटेक इन्जेक्सन ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प