पर्सामा ८१ किलो गांजासहित चारजना पक्राउ

वीरगंज, १४ माघ । 
जिल्ला प्रहरी कार्यालय, पर्साले ७९ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ । 
माघ १३ गते राति २०ः३० बजे जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ विश्रामपुर मौजे बस्ने वर्ष ६० को गणेश साह कलवारले आफ्नै घरमा लागु औषध गाँजाको बिक्री गरिरहेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो । 
प्रहरीले कलवारको घर  खानतलासी गर्दा खाटमुनी सुनियोजित तरिकाले लुकाइ राखिएको ७४ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 
प्रहरीले कलवारसहित उनका छोरा वर्ष ३४ को सन्तोष साह कलवार पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । 
यसैगरी प्रहरीले विन्दावासिनी गा.पा.४ अमरपट्टीबाट झौवा जाने बाटो ७ किलो गांजासहित पैदल यात्री सखुवाप्रसौनी गा.पा.१ दोहोरी टोल बस्ने वर्ष ३५ को सुरेश दास र भारत विहार जिल्ला मोतिहारी भेलाही थाना १ बस्ने वर्ष ४२ को दसाही दासलाई पक्राउ गरेको छ । 
पक्राउ परेका उनीहरुलाई ई.प्र.का.पोखरियाबाट लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिप्रका, पर्साका प्रवक्ता प्रनाउ ओमप्रकाश खनालले जानकारी गराएका छन् । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प