बसको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

जनकपुर,११ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पुलमा गएराती बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

स्थानीय ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

ना ७ ख ७४ ४३ नम्बरको बसले पैदल हिडिरहेका उनलाई गएराती साढे १० बजे ठक्कर दिएको हो । बस सहित चालकलाई प्रहरी चौकी पोर्ताहाले नियन्त्रणमा लिएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प