अब ईसेवाबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने

काठमाडौं । अब अनलाइनबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने भएकाे छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र ई-सेवाबीच बुधबार सम्झौता भएसँगै अब उपत्यकाबासी खानेपानी उपभोक्ताहरूले अनलाइनबाटै खानेपानीको महसुल तिर्नसक्ने भएका हुन् ।

खानेपानीको बिल अनलाइन भुक्तानी सेवा दिनका लागि पहिलो चरणमा ईसेवा फोनपे प्रालि छनौटमा परेको थियो । छनौट भएका अन्य सेवा प्रदायक संस्थाहरूसँग पनि सम्झौता गर्ने तयारी भइरहेको केयूकेएलले जनाएको छ ।

केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले चाँडै नै एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकसँग पनि सम्झौता गर्ने तयारी भइरहेकाे बताए ।

उनका अनुसार अबकाे केही दिनमै ई-सेवाबाट भुक्तानी सेवाकाे परीक्षण गरिने फागुन १ देखि सबै उपभोक्ताका लागि सेवा उपलब्ध गराइने छ ।

ग्राहकबाट अनलाइन मार्फत महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउन भन्दै केयूकेएलले गत कात्तिक १२ मा इच्छुक सेवाप्रदायकहरूबाट प्रस्ताव माग गरेको थियो । जसका लागि सात ओटा वालेट र चार ओटा बैंकले प्रस्ताव दर्ता गराएका थिए ।

यसअन्तर्गत ईसेवा, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक छनौट भएका थिए ।

The post अब ईसेवाबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3H18UGO
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प