बारामा कोरोना संक्रमित पुरूषको मृत्यु

११ माघ, वीरगञ्ज । बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका-३ बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान पौने ५ बजे  मृत्यु भएको हो ।

माघ १० गते एन्टीजेन परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार उनमा कोभिड निमोनिया भइसकेको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन सकेन । उनले कोभिड–१९ विरुद्धको कुनै पनि भ्याक्सिन लगाएका थिएनन् । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प