सहाराका ग्राहक र राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट
काठमाडौं । राइड शेयरिङ सेवा सहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । बिजनेश ग्रोथ कम्पनी प्रालिद्धारा सञ्चालित सहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने भएका हुन् ।
अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाइने सहाराले जनाएको छ । मंगलबार सहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरे ।
पछिल्लो समय आक्रमक रूपमा बजार विस्तार गरिरहेको सहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए
यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले सहारा एपसँग् सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने उनले स्पष्ट पारे । कम्पनीका अनुसार सहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउने छन् ।
शुन्य कमिसनमा सेवा दिइरहेको सहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाइमा पर्ने गरेको छ । यसअघि कम्पनीले अजोड इन्सोरेन्ससँग बीमासम्बन्धी सम्झौता गरेको थियो ।
यसअन्तर्गत ग्राहक तथा राइडरले ६ लाखसम्मको बीमा सुविधा पाउने कम्पनीका सीईओ विशाल जिसीले जानकारी दिए ।
The post सहाराका ग्राहक र राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/3nZJB0m
via
Comments
Post a Comment