बिलबिजकभन्दा बढी सामान भेटिएपछि ट्रक र चालक पक्राउ

वीरगंज, १२ माघ/
बिल बिजकभन्दा बढी मालसामान लोड गरिएको ट्रकसहित एकजना चालकलाई पक्राउ गरिएको छ । 
पक्राउ परेका चालकसहित ट्रक जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ । 
माघ ११ गते वीरगंज महानगर–८ स्थित सडकबाट ना.४ ख ८३३४ नं.को ट्रक चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी मालसामान भेटिएपछि १ करोड ६३ लाख मूल्याङ्कन गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प