खाल्डोमा डुबेर ५ वर्षीय बालिकको मृत्यु

१७ माघ २०७८, सोमबार बारा । निजगढ नगरपालिका– ७ लिचीटोलमा जगलाल साहको घर छोउमा रहेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

कलैया उपमहानगर घर भई हाल लिचीटोलमै बस्दै आएका रामाकान्त यादबका छोरा ५ वर्षीय विवेक यादबको शव पोखरीमा भेटिएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए ।आईतबार दिउसो करीब ३ बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि मृतक बालकका साथिले खाल्डोमा रहेको जानकारी दिएसंगै खोजतलास गर्दा राति करिब ८ बजे खाल्डोमा बच्चा डुबेको अबस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

घरको भान्छाबाट निस्किने फोहोर जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष निजगढमा यसैगरी बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि कलैया स्थीत कलैया अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प