क्लासिक टेकको रिचार्जमा राउटर र सेट-टप बक्ससहित तीन महिनासम्म इन्टरनेट र टिभी निःशुल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना ग्राहकका लागि रिचार्ज अफर ल्याएको छ । यसअन्तर्गत रिचार्जमा १५ प्रतिशत क्याश डिस्काउन्ट सहित इन्टरनेट र आईपी टिभीमा बोनस प्रदान गरिएको छ ।

ग्राहकले वार्षिक रिचार्जमा तीन महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् । साथै १७५ भन्दा बढी च्यानल भएको आईपी टिभी (लाइभ टिभी) सेवा पनि तीन महिनासम्म निःशुल्क पाउनेछन् ।

ग्राहकले रिचार्ज अफर अन्तर्गत नै तीन महिनाका लागि निःशुल्क अनलिमिटेड युट्युव पनि पाउने कम्पनीले जनाएको छ । साथै ग्राहकले ५ गिगाहर्ज ओएनयू मेश राउटर र स्मार्ट सेट-अप बक्ससमेत प्राप्त गर्नेछन् ।

यसैगरी आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई कम्पनीले चार महिना इन्टरनेट तथा टिभी निःशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले दुई महिना इन्टरनेट र दुई महिना आईपी टीभी बोनस प्राप्त गर्नेछन्  ।

क्लासिक टेकले हाल १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएस गरी विभिन्न इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।

The post क्लासिक टेकको रिचार्जमा राउटर र सेट-टप बक्ससहित तीन महिनासम्म इन्टरनेट र टिभी निःशुल्क appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/sOl9cUv6h
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प