कुखुरा फर्ममा आगलागी

जनकपुर,१७ माघ । सर्लाहीको बरहथवा नगरपालिकास्थित कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जलेका छन् ।

नगरपालिकाको वडा नम्बर ७ स्थित राम सिंहासन साहले सञ्चालन गरेको फर्ममा विद्युत सर्ट भएर राति १२ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट फर्म र फर्मभित्र रहेको १७ सय कुखुराको चल्ला जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीले २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प