वैदेशिक रोजगारमा समस्या परे कल सेन्टरमा फोन गर्न सकिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारका समस्यालाई तत्काल सम्बोधन हुनेगरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय परिसरमा सेवाग्राहीको गुनासो सुनुवाई गर्नेगरी कल सेन्टरको सुरुवात गरेका हुन् ।

मन्त्रालयका अनुसार कल सेन्टरमार्फत सेवाग्राहीको गुनासो तत्काल सुनुवाई गर्न ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ ।

श्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगार बोर्डको सचिवालयमा राखिएको कल सेन्टरको काम जति प्रभावकारी हुनुपर्थ्यो त्यति हुन नसकपछि कल सेन्टर मन्त्रालयम स्थापना गर्नुपरेको स्पस्ट पारे ।

उनले आकर्षक कमाइ हुने प्रलोभनमा परी लाखौँ रुपियाँ स्वदेश वा विदेशमा रहेका कन्सल्टेन्सी, ट्राभल एजेन्सीका दलाललाई बुझाएर भ्रमण भिसामा गई विदेशमा अलपत्र परेका युवाको उद्धार गर्न पनि कल सेन्टर मन्त्रालयमै आवश्यकता भएको महसुस गरिएको बताए ।

यसले तत्काल वैदेशिक रोजगारीमा गएका, जाने प्रक्रियामै समस्यामा परेका जोकोहीका गुनासो यस कल सेन्टरमार्फत सम्बोधन गरिने जनाइएको छ । कल सेन्टरलाई चौबिसै घण्टा सञ्चालन गर्न छ जना कर्मचारीलाई तीन सिफ्टमा परिचालन गरिनेछ ।

सो कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार प्राप्त गुनासो वा उजुरीलाई श्रम मन्त्रालयबाट हुने तत्काल समाधान गर्ने र नभएका उजुरी गृह मन्त्रालयमार्फत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पठाइनेछ ।

कल सेन्टरमार्फत उजुरी वा गुनासो भिडिओ तथा कल रेकर्डको आधारमा पनि दर्ता गर्न सकिनेछ भने यस प्रकारका गुनासो वा उजुरी रोजगारसँगै जोडिएको हुनुुपर्ने मन्त्रालयले जनाएको छ ।

सो कल सेन्टरमा प्राप्त उजुरीउपर सीआईबीले छानबिन गर्छ । अवैधानिक कार्यमा संलग्न व्यक्ति विदेशमा रहेको पाइएको इन्टरपोलको सहयोग लिएर कारबाही हुने जनाइएको छ । -गाेरखापत्र

The post वैदेशिक रोजगारमा समस्या परे कल सेन्टरमा फोन गर्न सकिने appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/dnIBDVEjb
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प