चार लाख ८४ हजार नगदसहित १२ जुवाडे पक्राउ

सर्लाही, १२ माघ । सर्लाहीको बागमती नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई पक्राउ परेका छन् । 
गए राति वडा नं. ३ बस्ने ढलक बहादुर तामाड्ढो घरमा जुवा तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनले नगद रू.४ लाख ८४ हजार ५० रुपियाँँसहित १२ जना जुवाडेलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरूमा  बागमती नगरपालिका वडा नं.३ बस्ने वर्ष ३९ को गौरीशङ्करर साह, वर्ष ३४ को संचर घिसिङ, वर्ष ३४ को जित बहादुर बम्जन रहेका छन् । 
त्यस्तै बसवरीया गाउँँपालिका वडा नं. ५ बस्ने वर्ष ३३ को रामज्ञान राय, वर्ष ३२ को सन्तोष साह, वर्ष ५० को छेदु साह रहेका छन् । 
यसैगरी हरिवन नगरपालिका वडा नं.१० बस्ने वर्ष ३२ को साजन पौडेल, वर्ष २८ को प्रकाश अधिकारी, वर्ष ५७ को अर्जुन के.सी. रहेका छन् भने बरहथवा नगरपालिका वडा नं.५ बस्ने वर्ष २८ को जुनैन अन्सारी, वडा नं. १० बस्ने वर्ष २९ को रामबिर चौधरी रहेका छन् । 
१२ जना जुवाडे मध्ये ११ जना सर्लाहीकै रहेको र एक जना रौतहटस्थित चन्द्रपुर न.पा.१ बस्ने वर्ष ५१ को दिल बहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत (डिएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 
पक्राउ परेका १२ जना जुवाडेहरूलाई नियन्त्रणमा लिई  इलाका प्रहरी कार्यालय हरिवनमा ल्याई थप अनुसन्धान कार्य भइरहेको डिएसपी बुढाथोकीले बताउनुभयो । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प