प्रहरीमा जागिर लगाइदिने भन्दै ८ लाख ठगी, एकजना पक्राउ

१७ माघ, जनकपुरधाम । प्रहरीमा जागिर लगाइदिने नाममा आठ लाख रुपैयाँ ठगेको आरोपमा एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बलरा नगरपालिका ७ गडहिया टोल बस्ने एमडी राजा भनिने इजराइल मन्सुरी रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

इजराइलले गाउँकै अतिबुला मियाँको छोरालाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प