अब अनलाइनबाटै भन्सार महसुल तिर्न सकिने
काठमाडौं । अब भन्सार महसुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले भन्सार महसुल विद्युतीय भुक्तानी (ई-पेमेन्ट) प्रणालीको उद्घाटन गर्दै अनलाइन भुक्तानी सेवा सुरु गरेका हुन् ।
योसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँचपास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले बताए ।
‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचत लगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा पनि सुधार ल्याउने छ ।’
यसका साथै मन्त्री शर्माले भन्सारविन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोगमा ल्याउने बताएका छन् ।
‘हामीले ई-पेमेन्टको सुरुवात गरेका छौं । छिट्टै नै प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’, उनले भने, ‘कुन मालवस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन, राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’
The post अब अनलाइनबाटै भन्सार महसुल तिर्न सकिने appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/35j5DEJ
via
Comments
Post a Comment