हेरोइनसहित युवक पक्राउ

वीरगंज, १४ माघ/
जिल्ला प्रहरी कार्यालय बाराले खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता प्रनाउ राजेश थापाले जानकारी गराएका छन् । 
माघ १३ गते सीमा प्रहरी चौकी छतवाले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ बटम चोकबाट भारत, बिहारको मोतिहारीका ३२ वर्षीय नबाब हुसेनलाई २१ ग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 
उनले मोटरसाइकलको भाइजरमा २१ ग्राम अवैध लागू औषध खैरो हेरोइन लुकाएको भेटिएपछि उनलाई पक्राउ गरी बारा जिल्ला अदालतबाट १० दिनको म्याद थमाइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प