६ महिनामै नेपाल भित्रिए ११ सय विद्युतीय कार
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको आयात बढेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को बजेटले ब्याट्रीबाट चल्ने सवारीसाधनको आयात शुल्क ४० बाट १० प्रतिशतमा झारेसँगै विद्युतीय सवारी साधनको आयात बढेको हो ।
विद्युतको उपयोग विस्तार गर्ने उद्देश्यले बजेटमा सरकारले अन्तःशुल्क खारेज गर्ने र भन्सार महसुल घटाउने निर्णय गरेसँगै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युतीय कारको आयात २० गुणाले बढेको छ ।
भन्सार विभागका अनुसार गत असार मसान्तदेखि पुस मसान्तसम्ममा तीन अर्ब २४ करोड रुपैयाँ बराबरका एक हजार १०३ विद्युतीय कार नेपाल भित्रिएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ५९ लाख रुपैयाँ बराबरको ५१ वटा कार आयात भएको थियो ।
नेपालमा चालू वार्षिक बजेट योजनाले देशमा विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि घोषणा गरेसँगै नेपाली बजारमा यसको मूल्यमा अझै उल्लेख्य मात्रामा गिरावट आउने अनुमान गरिएको छ ।
विद्युतीय सवारी साधन चलाउन सहज र यसको मूल्यमा भएको गिरावटका कारण डिजेल वा पेट्रोलजस्ता इन्धन प्रयोग गरी चलाउने सवारी प्रयोग नहुने पाइएको छ ।
The post ६ महिनामै नेपाल भित्रिए ११ सय विद्युतीय कार appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/BEeJyM6
via IFTTT
Comments
Post a Comment