टाइप-सी पोर्ट भएको ‘आईफोन १२ प्रो म्याक्स’ बिक्रीमा

काठमाडौं । यूएसएबी-सी पोर्ट भएको विश्वको दोस्रो आईफोनको बिक्री अनलाइन प्लेटफर्म ‘ईबे’ मार्फत हुने भएको छ ।

स्लोभाकियाको कम्पनी ‘डिप’ ले आईफोन १२ प्रो म्याक्सलाई मोडिफाई गरेर यूएसबी-सी पोर्ट सपोर्ट गर्ने बनाएको हो । लामो समयदेखि सी पोर्ट सपोर्ट गर्ने एप्पलका उत्पादनहरूको प्रयोगकर्ताले माग गरिरहेका थिए ।

लाइटिङ पोर्टलाई हटाएर सी पोर्टको प्लग लगाएर यो फोन मोडफाई गरिएको हो । कम्पनीले मोडिफाई पश्चात फोनको परीक्षण सफल रुपमा गरेको छ ।

फोन चार्ज हुने मात्र होइन, यसले आईट्युनलाई पनि सपोर्ट गर्छ साथै यो सजिलै म्याकमा पनि कनेक्ट हुन्छ । यो फोन मार्च महिनाको ६ तारिकमा लिलामीको लागि ईबेमा राखिनेछ ।

यो भन्दा अगाडि गत वर्षको नोभेम्बर महिनामा स्विजरल्यान्डको रोबोटिक्स पढिरहेका विद्यार्थी केन पाइलोनेलले आईफोन एक्स मोडिफाई गरेका थिए ।

सो फोन ईबे मार्फत नै ८६,००१ डलर (१ करोड तीन लाख रुपैयाँ) मा बिक्री भएको थियो ।   

The post टाइप-सी पोर्ट भएको ‘आईफोन १२ प्रो म्याक्स’ बिक्रीमा appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/Ca527ws
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प