आईफोन एसई सार्वजनिक हुँदै, मूल्य करिब ३६ हजार रुपैयाँ !
काठमाडौं । एप्पलले सस्तो आईफोनको रुपमा यसै वर्ष आईफोन एसई (वा आईफोन एसई फाइभजी) सार्वजनिक गर्ने अनुमान गरिएको छ । केही रिपोर्टका अनुसार यसअघि आउँदो मार्च ८ मा यो आईफोन सार्वजनिक हुनसक्ने छ ।
तर एप्पलले भने यसबारे केही खुलाएको छैन । हालै सञ्चारमाध्यममा फैलिएको एक समाचारलाई आधार मान्ने हो भने यो फोनको मूल्य ३०० डलरबार सुरू हुनेछ ।
विश्लेषक जोन डोनोभानले नयाँ आईफोन एसई थ्री ३०० डलर (करिब ३५,९०० रुपैयाँ) मूल्यका साथमा सार्वजनिक हुने संकेत गरेका छन्, जुन सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईभन्दा पनि निकै सस्तो हाे ।
कम्पनीले आगामी मार्च ८ मा आयोजना गर्ने एक इभेन्टबाट सस्तो आईफोनसहित आईप्याड एयर, नयाँ सीपीयू र फाइभजी सपोर्ट गर्ने अन्य डिभाइस पनि सार्वजनिक हुने अनुमान गरिएको छ ।
हालसम्म बाहिरिएका रिपाेर्ट अनुसार यो आईफोन कम्पनीको आफ्नै ए१५ बायोनिक एसओसी चिपमा आधारित हुनेछ र यो ३ तथा ४ जीबी र्याम भेरियन्टमा उपलब्ध हुनेछ ।
फाइभजी कनेक्टिभिटी र कम्पनीको आफ्नै चिपसेट ए१५ मा आधारित आईफोन हुने चर्चासँगै यसले करोडौं एन्ड्रोइड प्रयोगकर्ता आफूतिर तान्ने विश्लेषण गरिएको छ । साथै फोनमा ४.७ इन्चको रेटिना एचडी एलसीडी डिस्प्ले हुने चर्चा छ ।
होम बटनमै फिंगरप्रिन्ट सेन्सर रहेन यो फोनमा फेस लक लगायतका सुरक्षा फिचर उपलब्ध हुने अनुमान छ । साथै यसमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा पनि उपलब्ध हुनेछ ।
The post आईफोन एसई सार्वजनिक हुँदै, मूल्य करिब ३६ हजार रुपैयाँ ! appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/K5HYvxJ
via IFTTT
Comments
Post a Comment