नेसनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी अब अब खल्ती वालेटबाट

काठमाडौं । अब नेसनल लाइफ इन्स्योरेन्सका ग्राहकले आफ्नो बीमाको प्रिमियम भुक्तानी खल्ती डिजिटल वालेटबाटै दिन सक्ने भएका छन् ।

खल्तीले नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै १० प्रतिशत  क्यासब्याक अफरको पनि घोषणा गरेको छ ।

समय सीमाका कारण जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्नुपर्ने स्थितिको विचार पुर्‍याउँदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

नेसनल लाइफ इन्स्योरेन्सको बीमाको प्रमियम भुक्तानी तिर्दा १० प्रतिशत क्यासब्याक प्राप्त गर्नका लागि प्रयोगकर्ताले प्रोमोकोड ‘NATIONAL100’ प्रयोग गर्न सक्छन् ।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्नको लागि ‘खल्ती’ एपमा लगइन गरी ‘इन्स्योरेन्स’ आइकन मा ट्याप गरेर ‘नेसनल लाइफ इन्स्योरेन्स’ मा क्लिक गरी आवश्यक विवरण भरेर भुक्तानी गर्न सकिन्छ ।

कम्पनीका अनुसार पाँच हजार रुपैयाँभन्दा माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । 

The post नेसनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी अब अब खल्ती वालेटबाट appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/8AMPwes
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प