यस्तो छ नक्कली लाइसेन्स पत्ता लगाउने एप

काठमाडौं । नक्कली लाइसेन्स लिएर सवारी साधन चलाउने व्यक्तिलाई कारबाही गर्न ट्राफिक प्रहरीले माेबाइल एप प्रयाेगमा ल्याएकाे छ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एपको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

एक वर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्स मार्फत स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्नेछ ।

यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने बाध्यता रहेकाे थियाे ।

अब आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एपमार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्नेछन् ।

कोही कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्ति कानूनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने विश्वास गरिएकाे छ ।

यस्तो छ एप

The post यस्तो छ नक्कली लाइसेन्स पत्ता लगाउने एप appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/otKImL1
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प