नयाँ स्मार्टफोन भी २५ सार्वजनिक गर्दै रियलमी, कस्तो होला फिचर ?
काठमाडौं । रियलमीले आगामी मार्च ३ तारिखमा आफ्नो नयाँ स्मार्टफोन सिरिज भी २५ सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान कम्पनीले आधिकारिक रूपमा भी २५ सिरिजको स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको हो ।
टिनाको सूची अनुसार यो मोबाइलमा ६.५८ इन्चको फुल एचडी टीएफटी डिस्प्ले, मिडरेन्जको २.२ गिगाहर्ज अक्टाकोर चिपसेट रहेको छ । यसमा ४८८० एमएएचको ब्याट्री रहेको छ ।
रियलमीको भी २५ सिरिजको यो फोन ६ जीबी, ८ जिबी र १२ जीबी र्याम तथा १२८ जिबी र २५८ जीबीको स्टोरेज विकल्पमा उपलब्ध हुने छ। साथै यसमा थप स्टोरेका लागि माइक्रो एसडी कार्ड स्लट समेत राखिएको छ ।
The post नयाँ स्मार्टफोन भी २५ सार्वजनिक गर्दै रियलमी, कस्तो होला फिचर ? appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/f7GNYX6
via IFTTT
Comments
Post a Comment