युक्रेनलाई विश्वभरबाट सवा १ अर्ब बराबरको क्रिप्टोकरेन्सी सहयोग

काठमाडौं । रूसले युक्रेनमा आक्रमण सुरु गरेदेखि नै युक्रेनी समूहहरूलाई विश्वभरबाट क्रिप्टोकरेन्सी सहयोग आइरहेको छ ।

फेब्रुअरी २४ देखि सुरु भएको यो युद्धका बीच आजसम्म युक्रेनले ९९ लाख डलर (आजको मूल्य विनिमय दर अनुसार एक अर्ब १८ करोड ३५ लाख ९८ हजार ४६० रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी सहयोगको रुपमा प्राप्त गरेको अनुसन्धान संस्था एलिप्टिकले जनाएको छ ।

युक्रेनका नागरिक तथा सेनालाई सहयोग गर्नको लागि डिसेन्ट्रलाइज्ड अटोनोमस अर्गनाइजेसन (डीएओ) स्थापना गरिएको छ, जसको माध्यमबाट युक्रेनमा विश्वभरबाट सहयोग पुगिरहेको छ ।

केही सहयोगीहरूले आफ्नो एनएफटी बिक्री गरेर पनि युक्रेनलाई सहयोग रकम पठाइरहेको छ । योभन्दा अगाडि समस्या परेको समयमा सामान्यतया रकम सम्बन्धित निकायको बैंक खातामा जम्मा गर्ने प्रचलन थियो ।

यो पटक युक्रेनले भने सहयोग स्वरुप आएको बिटक्वाइनलाई पनि मान्यता दिएको हो । गत वर्षमात्रै युक्रेनले बिटक्वाइन लगायत क्रिप्टोकरेन्सीहरूलाई कानूनी मान्यता दिएको थियो । प्रविधिको हिसाबले युक्रेन विश्वको अब्बल देशको रुपमा पनि चिनिन्छ ।

The post युक्रेनलाई विश्वभरबाट सवा १ अर्ब बराबरको क्रिप्टोकरेन्सी सहयोग appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/25Yxa8m
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प