युक्रेनको संकटमा एलन मस्कको साथ, उपलब्ध गराए स्याटेलाइट इन्टरनेट
काठमाडौं । संसारकै धनाढ्य एवं स्पेसएक्सका मालिक एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवा उपलब्ध गराएका छन् ।
रुसी आक्रमणबाट युक्रेनको इन्टरनेट सेवामा क्षति पुगेपछि मस्कले स्टारलिंकको इन्टरनेट सेवा दिन थालेका हुन् ।
स्टारलिंक सेवा युक्रेनमा सक्रिय भएकाे र थप टर्मिनल पठाउने तयारी भइरहेको मस्कले बताएका छन् ।
युक्रेन सरकारका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत मस्कलाई मेन्सन गरेर इन्टरनेट सेवा उपलब्ध गराउन आग्रह गरेकाे केही घण्टामै मस्कले इन्टरनेट एक्टिभ भएकाे भन्दै रिप्लाई दिएका हुन् ।
यो प्रविधिबाट कम्पनीले फाइबर अप्टिक, केबल वा टावरविना स्याटेलाइटबाटै इन्टरनेट सेवा उपलब्ध गराएकाे छ ।
रूसी आक्रमणबाट विशेष गरी युक्रेनको दक्षिणी र पूर्वी भागमा इन्टरनेट सेवा प्रभावित भएकाे छ ।
The post युक्रेनको संकटमा एलन मस्कको साथ, उपलब्ध गराए स्याटेलाइट इन्टरनेट appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/f5G9sE6
via IFTTT
Comments
Post a Comment