ह्वावेले पायो ‘क्याटलिस्ट इन्डस्ट्री कन्ट्रिब्युसन टु टीएम फोरम’ अवार्ड

काठमाडौं । ग्राहक अनुभव मापदण्ड तथा अभ्यासमा ह्वावेले ‘क्याटलिस्ट इन्डस्ट्री कन्ट्रिब्युसन टु टीएम फोरम’ अवार्ड हात पारेको छ । ह्वावेसँगै कम्पनीका साझेदार कम्पनीहरूलाई समेत यस्तो अवार्ड प्रदान गरिएको हो ।  

अघिल्लो साता ‘उपभोक्ता अनुभवलाई बढाउन सघाउने आर्टिफिसियल इन्टेलिजेन्स तथा मसिन लर्निङ’ नामक तत्कालै कार्यान्वयन गर्न सकिने र परीक्षणबाट प्रमाणित यो परियोजनाले गत वर्ष टीएम फोरमको ‘बेस्ट इम्प्लिमेन्टेसन अफ इनोभेसन टेक्नोलोजी सोलुसन’ (नवीन प्रविधिको उत्कृष्ट कार्यान्वयन)  अवार्ड पनि जितेको थियो ।

यो परियोजनाले दूरसञ्चार सेवा प्रदायकका ग्राहकको आवश्यकता र समय सन्दर्भलाई केलाउन सहयोग गर्छ । जसले ग्राहक र कम्पनी बीचको अन्तर पहिचान गरी कम्पनीको आम्दानी बढाउन कुन पक्षलाई अघि बढाउन सकिन्छ भनेर समेत जानकारी दिने गर्छ ।

‘ग्राहकको अनुभव तथा विश्वास र अटोमेसनका क्षेत्रमा टीएम फोरमलाई सहयोग गर्न पाउनु हाम्रा लागि एउटा अवसर हो,’ एचकेटीका कस्टमर सर्भिस सहायक उपाध्यक्ष डिरेक च्यानले भने, ‘प्रविधिमा भइरहेको नयाँ विकास र त्यससँगै ग्राहकको मागलाई केलाएर हामीले यो सफलता हात पारेका हौँ । यसले फाइभजीमा ग्राहकलाई थप नयाँ अनुभव प्रदान गर्न सफल भएको छ । साथै बिजनेसलाई स्वचालित बनाउन पनि मद्दत पुर्‍याएको छ ।’

साउदी टेलिकम कम्पनीका स्टाटेजिक जनरल म्यानेजर मोहम्मद एस अस्लिमले भनेका छन्, ‘विगत केही वर्षमा हामीले हासिल गरेको उपलब्धि टीएमसँगको सहकार्यको एउटा उपज हो । हामीले ‘टीएम फोरम कस्टमर जर्नी’को मोडललाई नै अपनाउँदै आएका छौँ । त्यस्तै अब टीएम फोरम रिसोर्सलाई आत्मसाथ गरेर हाम्रो काम गर्ने शैलीमा परिवर्तन ल्याउने तयारी गरिरहेका छौँ । यस्तोमा ह्वावे तथा टीएम फोरसँग रहेको हाम्रो सहकार्यले ग्राहकको अनुभवलाई विस्तार गर्न मद्दत पुगेको छ ।’

‘टीएम फोरम कार्यक्रमसँग जोडिएर हामीले एक्सपिरियन्समा आधारित अटोनोमस अपरेसनको नयाँ भविष्य निर्माण गर्दैछौँ,’ ह्वावेका सर्भिस एण्ड सफ्टवेयर मार्केटिङ एण्ड सोलुसन्स सेल्स निर्देशक सिमोन लियाङले भने, ‘त्यसको एउटा उदाहरण ह्वावे स्मार्ट केयर पनि हो । आगामी दिनमा यो क्षेत्रमा थप नयाँ आविष्कारको लागि टीएस फोरमसँगको सहकार्य महत्त्वपूर्ण हुनेछ ।’

The post ह्वावेले पायो ‘क्याटलिस्ट इन्डस्ट्री कन्ट्रिब्युसन टु टीएम फोरम’ अवार्ड appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/I5EYBuR
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प