चिप तथा डिस्प्ले निर्माता कम्पनीले भारतमा २४ खर्ब लगानी गर्ने

काठमाडौं । विश्वका विभिन्न पाँच ठूला चिप तथा डिस्प्ले निर्माण कम्पनीबाट भारतमा २० अर्ब डलर (अनुमानित २३ खर्ब ९६ अर्ब रुपैयाँ) भन्दा बढीको लगानी प्रतिबद्धता जाहेर भएको छ ।

भारतीय सरकारले जारी गरेको ‘इन्सेन्टिभ स्किम’ मार्फत उक्त रकम बराबरको प्रतिबद्धता आएको हो ।

भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयका अनुसार प्रतिबद्धता गरेका कम्पनीहरूले भारत सरकारबाट भने कूल ८.३ अर्ब डलर (अनुमानित ९ खर्ब ९४ अर्ब रुपैयाँ) को सहयोगको अपेक्षा सहित आफ्नो प्रस्ताव राखेका छन् ।

कूल आवेदनमध्ये पहिलो चरणमा तीनवटा सेमिकन्डक्टर फ्याक्ट्रीको लागि प्रस्ताव छ भने दुईवटा डिस्प्ले निर्माण कम्पनीको आवेदन छ ।

सेमिकन्डक्टर फ्याक्ट्रीका लागि होन हाई प्रिसिजन र भारत अवस्थित भेदान्ता कम्पनीको जोइन्ट भेन्चरसँगै अर्को दुईवटा कम्पनी आईजीएसएस भेन्चर सिंगापुर र इन्डिया सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले प्रस्ताव बुझाएका छन् ।

यी कम्पनीले कूल १३.६ अर्ब डलर (१६ खर्ब २९ अर्ब रुपैयाँ) को लगानीमा सरकारको ५.६ अर्ब डलर (६ खर्ब ७१ अर्ब रुपैयाँ) को अनुदान सहितको प्रस्ताव राखेका छन् ।

त्यसैगरी डिस्प्ले उत्पादनतर्फ भेदान्ता र एलेस्ट प्रालिले ६.७ अर्ब डलर (८ खर्ब २ अर्ब रुपैयाँ) को लगानीमा सरकारको २.७ अर्ब डलर (तीन खर्ब २३ अर्ब रुपैयाँ) को अनुदान सहितको प्रस्ताव पेश गरेको छ ।

देशको विद्युतीय सामग्रीको उत्पादन क्षेत्रलाई विकास गर्न भारत सरकारले २०२१ को डिसेम्बर महिनासम्म मात्रै ७६० अर्ब भारतीय रुपैयाँ (१२ खर्ब १५ अर्ब रुपैयाँ) को अनुदान स्वीकृत गरिसकेको छ ।      

The post चिप तथा डिस्प्ले निर्माता कम्पनीले भारतमा २४ खर्ब लगानी गर्ने appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/8rqhyB2
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प