दराजबाट वर्ल्डलिङ्कको इन्टरनेट खरिद गर्दा १५०० रुपैयाँसम्म छुट 

काठमाडौं । दराजले वर्ल्डलिङ्कको इन्टरनेट प्याकेज खरिदमा विशेष छुट उपलब्ध गराउन थालेको छ ।

नेपालकै सबैभन्दा ठूलो अनलाइन बजारको रुपमा रहेको दराजले वर्ल्डलिङ्कको इन्टरनेट प्याकेजमा एक हजार रुपैयाँदेखि १५०० रुपैयाँसम्मको छुट दिने भएको हो ।

तर यस्तो छुट नयाँ ग्राहकले मात्रै पाउन सक्ने बताइएको छ ।

दराजका अनुसार १५० एमबीपीएस, २२५ एमबीपीएस र ३०० एमबीपीएस स्पिडको एक महिने, तीन महिने वा एक वर्षे फोटोन लाइट इन्टरनेट प्याकेज खरिदमा यो छुट उपलब्ध गराइनेछ ।

यसका लागि ग्राहकले दराजको वेबसाइट अथवा मोबाइल एपमा गएर ‘WORLDLINK’ सर्च गरी वर्ल्डलिङ्कको छुट सहितको इन्टरनेट प्याकेज खरिद गर्न सकिनेछ । 

The post दराजबाट वर्ल्डलिङ्कको इन्टरनेट खरिद गर्दा १५०० रुपैयाँसम्म छुट  appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/Gz6p4hs
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प