वैशाख ७ देखि राजधानीमा क्यान इन्फोटेक हुने

काठमाडौं । कोभिडका कारण पटक-पटक स्थगित हुँदै आएको सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ आउँदो वैशाख ७ गतेदेखि हुने भएको छ ।

क्यान महासंघले गर्ने यो मेला वैशाख १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

यसअघि यो कार्यक्रम २०७८ वैशाख २८ गतेदेखि आयोजना हुने तय भएको थियो । कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै कार्यक्रम स्थगित भएको थियो ।

त्यसपछि पुनः यही माघ १८ देखि २३ गतेसम्म आयोजना हुने तय भएपनि काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण फैलिएसँगै स्थगित गरिएकाे थियाे ।

The post वैशाख ७ देखि राजधानीमा क्यान इन्फोटेक हुने appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/okG9etv
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प