भन्सार छली ल्याएको हार्डवेयर, कपडासहित ट्रक नियन्त्रण

वीरगंज, १७ चैत । 
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । 
प्रज्ञापनपत्रबिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड गरी काठमाडौंतर्पm लादै गरेको सूचनाको आधारमा प्रहरीले चैत १६ गते घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । 
ट्रकसहित सामान कारबाइको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।      

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प