अघोषित लोडसेडिंगविरुद्ध वीउवासंघको विज्ञप्ति

वीरगंज, १५ चैत । वीरगंज उद्योग वाणिज्य संघले आज प्रेस विज्ञप्ति जारी गरी विगत केही दिनदेखि बारा–पर्सा औद्योगिक कोरिडोरमा अघोषित लोडसेडिङ्ग भइरहेकोमा उद्योगहरू ठूलो मर्का परिरहेको जनाएको छ ।
अध्यक्ष्F डा सुबोध गुप्ताले जारी गरेको विज्ञप्तिमा लामो समयदेखि कोरोनाको प्रभावले गर्दा उद्योगहरू थिलथिलो भई भर्खर उद्योगहरू पुनरूत्थान तर्फ अग्रसर भइरहेकै अवस्थामा बैंकहरूबाट ऋणको ब्याज वृद्धि, कतिपय सामानहरूको आयातमा १०० प्रतिशतसम्म एलसी मार्जिन लगायतका कारण उद्योग प्रतिष्ठान पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेकै बखत नेपाल विद्युत् प्राधिकरणले गरेको लोडसेडिङ्गले गर्दा उद्योगहरू थप संकटमा परेको जनाएकोछ ।
यस्ता समस्याहरूको समाधानको लागि तत्काल लोडसेडिङ्ग हटाउन  वीरगञ्ज उद्योग वाणिज्य सङ्घले माग गरेको उल्लेख छ ।

 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प