२५ करोड नाघे रेड्मी नोटका प्रयोगकर्ता

काठमाडौं । साओमीको सहायक ब्राण्ड रेड्मीले विश्वभर २५ करोडभन्दा बढी नोट सिरिजका फोन बिक्री गरेको छ । सात वर्षको अवधिमा कम्पनीले यो संख्यामा नोट फोन बिक्री गरेको जानकारी दिएको हो ।

कम्पनीका अनुसार पछिल्ला दुई वर्षमा रेड्मी फोनको बिक्री उल्लेख्य बढेको छ । पाँच महिनाअघि कम्पनीले २४ करोड प्रयोगकर्ताको आँकडा पार गरेको जानकारी दिएको थियो ।

विशेषगरी कम्पनीले मिडरेन्ज सेगमेन्टमा रेड्मी नोट फोन उपलब्ध गराउने गर्छ । साओमीले नेपाली बजारमा पनि आफ्ना रेड्मी फोन विस्तार गरिरहेको छ ।

साओमीले अक्टोबर महिनाको अन्त्यसम्म विश्वभर १० हजार रिटेल नेटवर्क विस्तार गरिसक्ने योजना ल्याएको छ ।

The post २५ करोड नाघे रेड्मी नोटका प्रयोगकर्ता appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/qUwitnl
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प