विद्यालयको नव निर्मित भवनको समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न

बीरगंज, १३ चैत्र
श्री माहन्नद प्रसाद उपाध्याय माध्यमिक विद्यालय बगहीको ६ कोठे भवनको आज एक कार्यक्रमबीच बीरगंज स्थित भारतका महावाणिज्य दुतावासका दुत श्री शैलेन्द्र कुमारको कर कमलबाट सुसम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका शैलेन्द्र कुमारले आजको जुगमा शिक्षाको ज्योतिबाट कोही पनि वञ्चित नहोस भन्ने कामना गर्दै विद्यालयमा उपस्थित अधिकत्तम छात्राहरुको सहभागिताबाट अभिप्रेरित भई आउने दिनमा यस विद्यालयलाई आफ्नो कार्यालय मार्फत भारत सरकार द्धारा सहयोगको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गनर््ु भयो । त्यसैगरि नेकपा एमालेका नेता शिव पटेलले मानव जीवनको सुधार तथा प्रगतिका लागि मन्दिर मस्जिद भन्दा विद्यालय बढि प्रभावकारी हुने भएकोले शैक्षिक संस्थामा लगानी गर्न आम जनसम्ुदायसँग आग्रह गर्नु भयो । ्त्यसैगरि लोसपाका केन्द्रिय सदस्य अधिवक्ता स्ुरेन्द्र कु्र्मीले प्लस ट्ु सम्म निशुल्क शिक्षा अनिवार्य दिनेतर्फ बढि जोड दिएका थिए भने नेता श्रीरामजी गिरी लगायत वक्ताहरुले शिक्षा बारे जोड दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार साहको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका भारतीय महावाणिज्य दुतावास बीरगंजका दुत शैलेन्द्र कुमारसहित सबै अतिथिलाई विद्यालय व्यवस्थापन समितिले नेता शिव पटेल, श्रीरामजी गिरी, पत्रकार श्रवण कुमार साह लगायत अतिथिहरुलाई गम्छासहित कदर पत्रका साथ स—सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा विशेष अतिथिमा लोसपाको केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद कुर्मी, नेकपा एमालेका नेता शिव पटेल, जसपा पर्साको जिल्ला अध्यक्ष तथा यस विद्यालयको पुर्व शिक्षक रमनेरश प्रसाद यादव, शैक्षिक प्रशासन महाशाखा बीरगंज महानगरपालिकाका प्रमुख अरविन्द कुमार लाल लोकतान्त्रिक समाजवादी पार्टीका नेता श्रीरामजी गिरी, भू.पू. गाविस अध्यक्ष रामअयोध्या प्रसाद कुर्मी, बीरगंज मनपा वडा नं. २८ का वडाअध्यक्ष गृजा देवी, नेपाली काँग्रेस पार्टी बीरगंज म.नगरपालिका उपसभापति सर्युग महतो, समाजसेवी जयनारायण सिंह कुर्मी, विद्यालय संस्थापक परिवारका श्रीराम शर्मा तथा अतिथीमा निवर्तमान प्र.अ. अरविन्द कुमार लाल, केशव साह, अच्छेलाल ठाकुर, हिरालाल राउत, राजेश्वर पाण्डे लगायत पत्रकार श्रवण कुमार साह, नेता तथा समाजसेवी कृष्ण यादव, विद्यालय व्यवस्थापन समितिका सदस्यसहित गाउनगरका शिक्षा प्रेमी, भरभलादमी, वुद्धिजीवी, शिक्षक–शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प