कर्तव्य ज्यान मुद्दामा फरार पटेल पक्राउ

वीरगंज,१७ चैत । कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय पाएका वीरगंज महानगरपालिका वडा नं.२१ पटेलनगरका ४० बर्षीय रवीन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी टोलीले खोजतलासको क्रममा वीरगंज महानगरपालिका वडा नं. १४ गण्डकबाट बिहीवार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
प्रहरीकाअनुसार उनलाई कुचन साह कानुको गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ असार १७ गते १९ वर्ष ११ महिना २२ दिन कैद तोकेको थियो । 
यसैगरी पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत मोहन मैनालीलाई गोली हानी हत्यामा सलंग्न रहेको तथा प्रो.वायोटेक प्रा.लि.मा कार्यरत प्रशासकीय अधिकृत सोचन प्रसाद यादव माथि बम प्रहार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प