इन्स्टाग्रामको स्टोरिजको रिप्लाइमा अब फोटो र भ्वाइस पठाउन सकिने

काठमाडौं । इन्स्टाग्रामको स्टोरिजको रिप्लाइमा अब इमेज र भ्वाइस म्यासेज पठाउन सकिने भएको छ । सफ्टवेयर डेभलपर अलेसेन्ड्रो पउलजीले ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् ।

उनका अनुसार स्टोरिजको रिप्लाईमा फोटो तथा भ्वाइस म्यासेज पठाउन सकिने फिचरका साथै क्यूआर कोड स्क्यान गरेर पोस्ट शेयर गर्न सकिने फिचर पनि उपलब्ध हुँदैछ ।

यसअघि कम्पनीले इन्स्टाग्रामको स्टोरिजमा लाइक गर्न मिल्ने फिचर ल्याएको थियो । त्यसअघिसम्म स्टोरिजमा राखिएको विषयको बारेमा रियाक्ट गर्न डाइरेक्ट म्यासेज नै गर्नुपर्ने बाध्यता थियो ।

यसरी कम्पनीले इन्स्टाग्राम स्टोरिजलाई पछिल्लो समय महत्वका साथ हेरिरहेको समेत दर्शाएको छ ।

The post इन्स्टाग्रामको स्टोरिजको रिप्लाइमा अब फोटो र भ्वाइस पठाउन सकिने appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/IjZRP5e
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प