बुढासुब्बा डिजिटलको युट्युव च्यानल ह्याकरको कब्जामा

काठमाडौं । नेपालको चर्चित युट्युव च्यानल ‘बुढासुब्बा डिजिटल’ फेरि ह्याक भएको छ । ह्याकसँगै च्यानलमा रहेका भिडिओ सामग्री गायब भएका छन् ।

ह्याकरले च्यानल कब्जामा लिई इथेरियम क्रिप्टोकरेन्सीको प्रचार गर्ने भिडिओ लाइभ गरेका थिए । युट्युव च्यानलमाथि अनधिृकत पहुँचबारे अनुसन्धान भइरहेको र पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको कम्पनीले जानकारी दिएको छ ।

बुढासुब्बाका अन्य दुई युट्युव च्यानल ‘बुढासुब्बा डिजिटल मुभिज’ र ‘बुढासुब्बा सङ्स’ भने सुरक्षित छन् ।

सन् २०१२ मा सुरु भएको यो युट्युव च्यानललाई ५५ लाख बढीले सब्सक्राइब गरेका छन् । याे च्यानल नेपालकै सबैभन्दा सब्सक्राइबर धेरै हुने च्यानलमा दोस्रो स्थानमा छ ।

दुई वर्षअघि पनि बुढासुब्बा डिजिटलको युट्युव च्यानल ह्याक भएको थियो ।

The post बुढासुब्बा डिजिटलको युट्युव च्यानल ह्याकरको कब्जामा appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/zHu7Kjp
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प