वैदेशिक रोजगार बोर्डको अनलाइन सेवा सुरू, आर्थिक सहयोग लिन सहज हुने
काठमाडौं । अब अनलाइन प्रणालीमार्फत स्थानीय तहबाटै वैदेशिक रोजगार बोर्डमा आर्थिक सहयोग लिन सकिने भएको छ
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणाली मार्फत सुरु भएको बताए ।
वैदेशिक रोजगार नियमावली, २०६४ मा व्यवस्था भएअनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटना भएको मितिले एक वर्षभित्र बोर्डबाट नियमानुसारको आर्थिक सहायता वा क्षतिपूर्ति पीडित वा पीडितको परिवारले माग्न सक्नेछ ।
बोर्डमार्फत क्षतिपूर्ति लिन अनलाइनबाटै आवेदन दिएर सीधै बैंक खातामा भुक्तानी लिन सकिने व्यवस्था लागू भएको भन्दै मन्त्री श्रेष्ठल पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने विश्वास रहेको बताए ।
अब पीडितले आर्थिक सहयोगका लागि आफ्नै स्थानीय तहमार्फत अनलाइन माध्यमबाट निवेदन दिन सकिने भएको छ । यो व्यवस्थालाई थप सरल र सहज बनाउने उद्देश्यले बोर्डबाट अनलाइन सफ्टवेयर प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएकाे हाे ।
The post वैदेशिक रोजगार बोर्डको अनलाइन सेवा सुरू, आर्थिक सहयोग लिन सहज हुने appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/ZKxYUle
via IFTTT
Comments
Post a Comment