मानवत–मटिअर्वा सडक धुलाम्य भएपछि स्थानीयद्वारा प्रदर्शन

बारा, १४ चैत । 
मानवत–मटिअर्वा सडक निर्माण नहुँदा कलैया धुलाम्मे बन्दैको कारण स्थानीय ब्यापारीले आज बिहानैदेखि बाटो अवरूद्घ गर्दै प्रदर्शन गरेको छ । 
साढे तीन किलोमिटर सडक लामो समयदेखि निर्माण नहुँदा धुलाम्मे भएका कारण स्थानीयहरूको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै व्यापार व्यवसायमा निकै असर परेको छ । उतर – दक्षिण  राजमार्ग मटिअर्वा भन्सारसम्म जोडने उद्देश्यले भारत सरकारको सहयोगमा सडक निर्माण शुरू गरिएको थियो । तर बीचमा नै आएर कलैयाको बाटो नै बन्न सकेको छैन । अहिले धुलाम्मे अवस्थालाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिकाले दैनिक पानी पनि पटाउने गरेको छैन । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प