पर्साका चौधवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए

वीरगंज, १३ चैत ।
निर्वाचन आयोगले पर्साका चौधवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेर पठाएको छ । 
छिपहरमाई गाउँपालिकामा मुकुन्द निरौला, जगरनाथपुर गापामा हीरा न्यौपाने, धोबिनी गापामा कैलाश दाहाल, पकाहामैनपुर गापामा कृष्णप्रसाद देवकोटा, विन्ध्यवासिनी गापामा अरुणकुमार कोइराला, सखुवाप्रसौनी गापामा डा सूर्यप्रसाद पौडेल, कालिकामाई गापामा प्रकाश कोइराला, जीराभवानी गापामा झविन्द्रप्रसाद पाण्डे, ठोरी गापामा शिवराज न्यौपाने, पटेर्वासुगौली गापामा गौतम भण्डारी, पर्सागढी नगरपालिकामा केशवप्रसाद पाण्डे, पोखरिया नपामा पद्मबहादुर कार्की, बहुदरमाई नपामा केशवप्रसाद भट्टराई र वीरगंज महानगरपालिकामा न्यायाधीश धर्मराज पौडेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प