नेसनल पेमेन्ट स्विचमा जोडियो मोरु वालेट, क्यूआरदेखि अन्तर-वालेट भुक्तानीसम्मका सेवा दिने

काठमाडौं । नेसनल पेमेन्ट स्विच (एनपीएस)को नेटवर्कमा मोरु डिजिटल वालेट जोडिएको छ । बुधबार नेसनल पेमेन्ट स्विच सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मोरु वालेटबीच एक सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र मोरूका प्रमुख कार्यकारी अधिकृत आशितोष साहले हस्ताक्षर गरे ।

सम्झौतासँगै एनपीएसका विभिन्न सेवा मोरूमा एकीकृत हुनेछ । सम्झौतासँगै मोरूले नेपाल क्यूआर स्ट्यान्डर्डमा आधारित क्यूआर पेमेन्ट, इन्स्टयान्ट पेमेन्ट, इन्टर-वालेट पेमेन्ट लगायतका सेवा प्रदान गर्ने कम्पनीका सीईओ साहले बताए ।

The post नेसनल पेमेन्ट स्विचमा जोडियो मोरु वालेट, क्यूआरदेखि अन्तर-वालेट भुक्तानीसम्मका सेवा दिने appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/yrlNY1v
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प