३२ इन्चभन्दा ठूला टेलिभिजन नेपाल आयातमा सरकारको रोक

काठमाडौं । विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि सरकारले विभिन्न वस्तुहरूको आयातमा प्रतिबन्ध लगाइरहेको छ । त्यसैक्रममा टेलिभिजन पनि आयात बन्देज लगाइएको सूचीमा परेको छ ।

बैशाख १३ गरे राजपत्रमार्फत सरकारले ३२ इन्चभन्दा माथिका रङ्गिन टेलिभिजनको आयातमा बन्देज लगाइएको उल्लेख गरेको हो । राजपत्रमा प्रकाशित मितिदेखि तोकिएको भन्दा ठूला टेलिभिजन आयातकर्ताले असार मसान्तसम्म ल्याउन पाउने छैनन् । साथै सरकारले ६०० अमेरिकी डलर अर्थात करिब ७३ हजार रुपैयाँमाथिका महँगा फोन आयातमा समेत रोक लगाएको छ ।

टेलिभिजनबाहेक कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, कार तथा भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात पनि सरकारले प्रतिबन्ध लगाएको छ । त्यस्तै तास, हिरा, तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य पदार्थहरुको पनि असारसम्म आयात बन्देज लगाएको राजपत्रमा उल्लेख छ ।

The post ३२ इन्चभन्दा ठूला टेलिभिजन नेपाल आयातमा सरकारको रोक appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/UtoaJ6D
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प