सीटीओ खोज्दै इन्फोडेभलपर्स, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपालको प्रतिष्ठित आईटी कम्पनी इन्फोडेभलपर्स प्रालिले प्रमुख प्राविधिक अधिकृत (सीटीओ) का लागि आवेदन माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धामार्फत आफ्नो प्राविधिक टिमको नेतृत्व चयन गर्ने भएको हो ।

‘हामी अनुभवी, बहुमुखी, लगनशील र रणनीतिक किसिमको सीटीओको खोजीमा छौँ,’ कम्पनीले भनेको छ, ‘जसले हाम्रो कम्पनीको सम्पूर्ण प्राविधिक पक्षहरूमा नेतृत्व दिन सकोस् र नयाँ उचाईमा पुर्‍याउन सकोस् ।’

यदि तपाईँ यसका लागि योग्य हुनुहुन्छ भने यहाँ क्लिक गरी वेबसाइटमार्फत अथवा यहाँ क्लिक गरी ई-मेलमार्फत आफ्नो रेजुमे पठाउन सक्नुहुनेछ । सीटीओमा आवेदन दिन आईटी अपरेसन तथा व्यवस्थापनमा कम्तिमा आठ वर्षको अनुभव र सीटीओ तथा समान किसिमको पदमा दुई देखि तीन वर्ष काम गरेको हुनुपर्नेछ ।

साथै कम्प्युटर इन्जिनियरिङ अथवा कम्प्युटर साइन्समा स्नातकोत्तर तह उत्तीर्ण गरेको समेत हुनुपर्ने कम्पनीले जनाएको छ । 

The post सीटीओ खोज्दै इन्फोडेभलपर्स, यसरी दिनुहोस् आवेदन appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/diUIF4x
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प