यसपालीको निर्वाचनमा प्रत्येक मतगणना स्थलमा सीसी क्यामेरा राखिने

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि मतगणनास्थलमा अनिवार्य रुपमा सीसी क्यामेरा राखिने भएको छ । निर्वाचन आयोगले सबै स्थानीय तहका मतगणना स्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ ।

यसका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत सीसी क्यामेरा उपयोगी हुने आयोगको विश्वास छ ।

गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत भएको थियो ।

The post यसपालीको निर्वाचनमा प्रत्येक मतगणना स्थलमा सीसी क्यामेरा राखिने appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/oX2KmPk
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प