ट्वीटर राजनीतिक रूपमा तटस्थ रहने एलन मस्कको घोषणा
काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटर खरिद गर्ने तयारीमा रहेका एलन मस्कले ट्वीटर राजनीतिक रुपमा तटस्थ रहने घोषणा गरेका छन् । सबैको विश्वास प्राप्त गर्न ट्वीटर राजनीतिक रुपमा तटस्थ हुनैपर्ने भन्दै उनले ट्वीट गरेका हुन् ।
‘यसको प्रभाव स्वरूप अति दक्षिणपन्थी र अति बामपन्थी दुवैलाई दुःखी तुल्याउन सक्छ,’ उनले भनेका छन् । राजनीतिक तवरमै ट्वीटरले पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो भने चीन समर्थित हजारौँ अकाउन्ट निलम्बन गरेको थियो ।
For Twitter to deserve public trust, it must be politically neutral, which effectively means upsetting the far right and the far left equally
— Elon Musk (@elonmusk) April 27, 2022
ट्वीटरको यस किसिमको रवैया आगामी दिनमा परिवर्तन हुने सङ्केत मस्कले गरेका हुन् । यस अघि नै ट्वीटरको ९.२ प्रतिशत शेयर खरिद गरेका मस्कले ४४ अर्ब अमेरिकी डलरमा सम्पूर्ण रुपमा कम्पनी नै खरिद गर्ने प्रस्ताव अघि सारेका थिए । हालै ट्वीटरको बोर्डले मस्कको प्रस्ताव स्वीकार गर्ने निर्णय लिइसकेको छ । यससँगै अब ट्वीटर सम्पूर्ण रुपमा एलन मस्कको स्वामित्वमा जानेछ ।
The post ट्वीटर राजनीतिक रूपमा तटस्थ रहने एलन मस्कको घोषणा appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/0q51nZP
via IFTTT
Comments
Post a Comment