विद्युतीय गाडीको आयात नरोकिने
काठमाडौं । विद्युतीय गाडीको आयात नरोकिने भएको छ । सरकारले विदेशी मुद्रा संचितिमा चाप परेको भन्दै अन्य सवारीसाधनको आयातमा रोक लगाए पनि विद्युतीय सवारी साधन आयात भने खुला छोडेको हो ।
मङ्गलबार प्रकाशित राजपत्र अनुसार असार मसान्त सम्मका लागि जिप, कार र भ्यानहरू आयात गर्न पाइने छैन । तर त्यस अन्तर्गत विद्युतीय सवारीको एचएस कोड भने समावेश गरिएको छैन ।
यस बाहेक ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल, ३२ इन्चभन्दा माथिका रङ्गिन टेलिभिजन, २५० सीसीमाथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, खेल्ने तास, हिरा, चुरोट तथा सुर्तिजन्य वस्तु, सबै प्रकारका तयारी मदिरा, कुरकुरे, कुरमुरे, लेज जस्ता उत्पादनको आयातमा समेत रोक लागेको छ ।
The post विद्युतीय गाडीको आयात नरोकिने appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/wOxcXRG
via IFTTT
Comments
Post a Comment