विज्ञापनमा खण्डन आएपछि सामसङले माग्यो माफी

काठमाडौं । विज्ञापनमा रातको दुई बजे एक्लै कुदिरहेकी महिलालाई देखाएको भन्दै खण्डन आएपछि सामसङले माफी मागेको छ । सुरक्षा अभियन्ताहरूको विभिन्न समुहले सामसङको विज्ञापन अस्वभाविक भएको भन्दै खण्डन गरेका थिए ।

उनीहरूले रातको दुई बजे त्यो पनि एक्लै कुदिरहेकी महिला देखाउँदा असुरक्षा बढ्ने दावी गरेका थिए । यसअघि गएको जनवरीमा रातको समय बाटोमा कुदिरहेकी महिलाको आयरल्याण्डमा हत्या भएको थियो । त्यही घटनालाई लिएर सामङले रातमा कुद्न प्रोत्साहन गरेको आरोप महिला सुरक्षा समुहले लगाएका थिए ।

त्यसरी विज्ञापनको विषयमा खण्डन आएसँगै कम्पनीले माफी मागेको हो । ‘हामी यो विषयमा माफी चाहन्छौ,’ सामसङले भनेको छ, ‘हामीले सकारात्मक सोचका साथ विज्ञापन बनाएका थियौं । हामीले व्यक्तिको व्यक्तित्व र जुनसुकै समयमा व्यायाम गर्ने पाउने स्वतन्त्रतालाई दर्साउन खोजेका हौं ।’


 

The post विज्ञापनमा खण्डन आएपछि सामसङले माग्यो माफी appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/W30nr8M
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प