बिआरआई सम्झौताविरुद्ध वीरगंजमा प्रदर्शन

वीरगंज, १४ वैशाख । राष्ट्रिय एकता अभियानले  पर्सामा राष्ट्रघाती बीआरआई सम्झौताविरूद्ध प्रदर्शन गरेको छ ।
अभियान निकट राष्ट्रिय विद्यार्थीले आज वीरगंज स्थित माइस्थान चौकमा राष्ट्रघाती राष्ट्रघाती बीआरआई सम्झौता खारेजीको माग गर्दै दर्शन गरेको हो ।
विद्यार्थी परिषदका केंद्रीय संयोजक विवेक कुशवाहा को नेतृत्वमा भएको बिरोध प्रदर्शनमा राष्ट्रघाती बीआरआई सम्झौता सार्वजनिक गर, चिनिया विस्तारवाद बन्द गर, पोखरा बिमानस्थलमा भएको भष्टाचार छानबिन गर, रेलको बहानामा सैन्य विस्तार बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर, नेपाली विद्यार्थीहरूको पठन पाठन सुचारू गर र मीचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाइएको थियो ।विद्यार्थीहरूले चीनविरूद्ध नारा लगाउँँदै चिनियाँ राष्ट्रपति सी चिङपिड्ढो पुतला समेत दहन गरेका छन् ।
सन् २०१३ देखि नै चर्चा चल्दै आएको भए पनि नेपालले आधिकारिक रूपमा बीआरआईलाई अँगालेको चाहिँ सन् २०१७ को मे १२ मा मात्र हो।
हाल बीआरआई अन्तर्गत नेपालले रेल, सडक, ऊर्जा गरी आठ दशवटा परियोजनामा चिनियाँ लगानी भित्र्याउन खोजिरहेको भनिए पनि आधिकारिक रूपमा तिनको पहिचान भइसकेको छैन।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प