के तपाईँ पसल व्यवसाय गर्नुहुन्छ ? उपयोगी हुनसक्छ नेपालमै बनेको यो सफ्टवेयर  

काठमाडौं । ई-कमर्स वेबसाइटका रूपमा सञ्चालन भइरहेका ‘पसल’ नामक स्टार्टअप कम्पनीले स्टक म्यानेजमेन्ट सिस्टम विकास गरेको छ । पाँच वर्षअघि स्थापना भएको कम्पनीले पसल तथा सानाठूला व्यवसाय व्यवस्थापन गर्न याे सफ्टवेयर तयार पारेको हाे । 

पसलमा कति सामान बिक्री भयो, कति उधारोमा गयो र नगद कति उठ्यो भन्ने कुराको जानकारी परम्परागत हिसाबले राख्ने गरिन्छ । त्यसलाई डिजिटल रूपमा कसरी लैजान सकिन्छ भन्ने उद्देश्यका साथ पसल नामक स्टक म्यानेजमेन्ट सिस्टम विकास गरिएको कम्पनीका संस्थापक तथा सीईओ सविन श्रेष्ठले बताए । 

कुनै पनि व्यवसायीले पसलको याे सफ्टवेयर प्रयोग गरेको खण्डमा विभिन्न किसिमका सहजता पाउन सक्छन् । यसबाट प्रयोगकर्ताले आफ्नो व्यवसाय (किराना, हार्डवेयर, फेन्सी, इलेक्ट्रोनिक पसल) मा आवश्यक सम्पूर्ण काम वैज्ञानिक तरिकाले व्यवस्थापन गर्न सक्छन् ।

यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो व्यवसायको दैनिक वा मासिक रिपोर्ट राख्न सक्छन् । साथै स्टक एनालाइसिस, बिजनेस समरी, स्क्यान गरी इन्ट्री गरेको बिल सर्च गर्ने आदि सुविधा पनि यसमा छन् । 

जसले गर्दा प्रयोगकर्ताले आफ्नो व्यवसायमा हुने विभिन्न किसिमका झमेलाबाट मुक्त हुने श्रेष्ठको दाबी छ । उनले भने, ‘पसल एसएमएसको सफ्टवेयर प्रयोग गरी प्रयोगकर्ताले आफ्नो व्यवसायका सम्पूर्ण गतिविधि व्यवस्थापन गर्न सक्छन् । जसले गर्दा उनीहरूले आफ्नो व्यवसायमा हुने आयव्ययको रिपोर्ट सहजै राखेर नाफा नोक्सानबारे दैनिक जानकारी पाउँछन् ।’

पसल एसएमएसको सेवाले प्रयोगकर्ताको व्यवसायमा हुने सम्पूर्ण क्रियाकलापलाई व्यवस्थापन गर्ने भएकाले आफ्नो व्यवसाय कुन दिशातर्फ गइरहेको छ भन्ने कुरा उनीहरूलाई जानकारी हुन्छ । यदि कुनैबेला व्यवसाय घाटामा गइरहेको छ भने प्रयोगकर्ताले के कारणले व्यवसाय घाटामा गइरहेको छ भन्ने कुरा पहिचान गरी त्यसलाई समयमै समाधान गर्न सक्ने श्रेष्ठको भनाई छ ।

यो सेवा लिनका लागि प्रयोगकर्ताले २० हजार रुपैयाँमा पसल एसएमएस सिस्टम किन्न सक्ने कम्पनीले जनाएको छ । वार्षिक रुपमा आफूलाई आवश्यक फिचरहरू हेरेर तीन हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँ शुल्कमा सफ्टवेयर लाइसेन्स नवीकरण गर्न सकिने सुविधा छ ।

हरेक समय अपडेट भई रहने भएकाले भविष्यमा समयअनुसार आवश्यक सेवा थप हुँदै जाने श्रेष्ठ बताउँछन् । यसबाहेक ई-कमर्स वेबसाइट पसल डट कम डट एनपीलाई आकर्षक डिजाइन दिइएको समेत उनले जानकारी दिए ।

जसबाट ग्राहकले आफूलाई आवश्यक हरेक सामान सुलभ दरमा अर्डर गर्न सक्छन् । त्यस्तै पसल डटकम डटएनपीको साइटमा गएर आफूलाई मनपर्ने ब्राण्डका सामान समेत खोजेर अर्डर गर्न सकिन्छ ।

त्यस्तै आफूलाई कुनै सामान आवश्यक परेको छ, तर त्यसको नाम थाहा छैन भने लाइभ फोटो खिचेर वा ग्यालरीमा भएको फोटोबाट समेत सामान खरिद गर्ने वा हेर्ने सुविधा समेत पसल डटकम डट एनपीमा रहेको छ । 

The post के तपाईँ पसल व्यवसाय गर्नुहुन्छ ? उपयोगी हुनसक्छ नेपालमै बनेको यो सफ्टवेयर   appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/CQRDrFa
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प