तीव्र गतिमा गुडिरहेको कारलाई प्रहार गर्नसक्ने हाइपरसोनिक मिसाइल तयार

काठमाडौं । हाइपरसोनिक मिसाइलमा चिनियाँ वैज्ञानिक नयाँ उपलब्धि नजिक पुगेका छन् । हालै बाहिरिएकाे समाचार अनुसार वैज्ञानिकहरूले प्रकाशकाे गतिभन्दा पाँच गुणा तीव्र गुडिरहेको कारलाई समेत प्रहार गर्न सकिने गरी मिसाइल तयार पारेका छन् ।

‘हाम्राे मुख्य चुनाैती नै मिसाइलमार्फत प्रकाशको गतिभन्दा पाँच गुणा बढी गतिमा कुदिरहेको कुनै पनि वस्तुलाई ट्रयाक गर्ने र त्यसलाई निशाना लगाउनु हो,’ मिसाइल निर्माण समूहका प्रमुख याङ साओग्याङले भने, ‘यसमा हामीले निकै ठूलो सफलता हात पारेका छौं ।’

उनीहरूको समूहले जारी गरेको एक रिपाेर्टअनुसार यो मिसाइलमा नयाँ खालको ट्रयाकिङ सिस्टम जडान गरिएकाे छ, जसमार्फत लामो दूरीबाट कुदिरहेको वस्तुलाई निशाना लगाउन सकिन्छ ।

यसका लागि मिसाइलमा मोसन सेन्सरको समेत प्रयोग हुने जनाइएको छ । वैज्ञानिकका अनुसार यो परियोजनाको सफलता यसको विकास र परीक्षण पश्चातमात्रै निर्धारण हुनेछ ।

किनभने यसको विकास र परीक्षणका लागि ठूलो लगानी र विभिन्न हार्डवेयर मोडिफिकेसनमा काम गर्नुपर्ने हुन्छ । तर, पनि याङ र उनको समूहले सन् २०२५ भित्र हाइपरसोनिक हतियारको लाइनअप तयार हुने बताएका छन् ।



from Tech News Nepal https://ift.tt/EhMmrxv
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प