आजदेखि नयाँ श्रम स्वीकृति पनि अनलाइनबाटै

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा सहज किसिमले प्रवाह गर्ने उद्देश्यअनुरूप व्यक्तिगत श्रम स्वीकृति समेत अनलाइनबाट दिन लागिएको हो ।

कार्यालयले २ माघ २०७८ देखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्दै आएको छ । अनलाइन सेवा प्रवाहका कारण कार्यालयमा लाग्ने भीड समेत हटेको छ ।

यसअघि भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत् हुने श्रम स्वीकृतिको काम पनि शुक्रबारदेखि अनलाइनबाटै हुने भएपछि कार्यालयको सम्पूर्ण सेवा अनलाइनमा गएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वैशाख ७ मा व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम समेत अनलाइनमार्फत प्रदान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा आवश्यक परिमार्जन गरी सेवा सञ्चालनमा ल्याइएको वैदेशिक रोजगार विभागका निर्देशक श्रीचन्द्र साहले जानकारी दिए ।

विभागका अनुसार फिफो (एफआईएफओ) को आधारमा सेवा प्रवाहका दुई तह कायम गरेर मात्रै व्यक्तिगत श्रम स्वीकृति जारी गरिने र वैधानिकीकरण मार्फत श्रम स्वीकृति जारी हुने व्यवस्थालाई हटाई त्यस्तो श्रम स्वीकृतिलाई व्यक्तिगत श्रम स्वीकृतिकै प्रक्रिया मार्फत जारी गरिनेछ । 



from Tech News Nepal https://ift.tt/7njsbz1
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प