सामाजिक सञ्जालमा फेक प्रोफाइल पत्ता लगाउने एप

काठमाडौं । सामाजिक सञ्जालमा फेक प्रोफाइल पत्ता लगाउने र त्यसलाई सहजै हटाउन मद्दत गर्ने मोबाइल एप सार्वजनिक भएको छ ।

‘सीपीएनआई: दि थिंक बिफोर यु लिंक’ नामक एपले विभिन्न विशेषताका आधारमा प्रोफाइलको मापन गरी उक्त प्रोफाइल फेक भए/नभएको जानकारी दिन्छ ।

बेलायतको सेन्टर फर प्रोटेक्सन अफ नेसनल इन्फ्राइस्ट्रक्चरका अनुसार यो एपले यदि कुनै प्रोफाइल यसअघि कुनै अनैतिक क्रियाकलापमा संलग्न भए/नभएको समेत जानकारी दिनेछ ।

अघिल्लो वर्षमात्र बेलायतमा १० हजार मानिसलाई लिंक्डइन फेक अकाउन्टबाट रिक्वेस्ट आएको थियो, जसको उद्देश्य प्रयोगकर्ताबाट गोप्य जानकारी संकलन गर्नु थियो ।

हरेक वर्ष यस्ता खालका क्रियाकलाप बढेकाे भन्दै बेलायतकाे सरकारी निकायकाे अग्रसरतामा याे एप सार्वजनिक गरिएको हो ।

याे एपमा ‘प्रोफाइल रिभ्युअर’ फिचर उपलब्ध गराइएको छ, जसले प्रयोगकर्तालाई लिंकडिन, फेसबुक, ट्वीटर र इन्स्टाग्राममा फेक प्रोफाइल पत्ता लगाई उक्त प्रोफाइलविरुद्ध रिपोर्ट गर्न सक्ने सुविधा दिएकाे छ ।



from Tech News Nepal https://ift.tt/HgYbS4O
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प