अक्टोबरबाट पुराना आईफोनमा सपोर्ट बन्दै गर्दै ह्वाट्सएप

काठमाडौं । यदि तपाईं अझै पनि आईफोन ५ अथवा ५सी प्रयोगकर्ता हो र त्यसमा ह्वाट्सएप प्रयोग गर्दै हुनुहुन्छ भने ह्वाट्सएपले आगामी महिनाबाट त्यस्ता फोनमा सपोर्ट बन्द गर्ने भएको छ । ह्वाट्सएपको बेटाबारे जानकारी दिने संस्था वाबेटाइन्फोका अनुसार कम्पनीले आईओएस १० र आईओएस ११ मा आधारित फोनमा सपोर्ट बन्द गर्ने तयारी गरेको हो ।

यो हिसाबले आईफोन ५ अथवा ५सीका प्रयोगकर्ता प्रभावित हुने जनाइएको छ । किन भने आईफोन ५ अथवा ५सीले आईफोन १२ तथा त्यो भन्दा पछिका आईओएस भर्सन सपोर्ट गर्न सक्दैन । यसको अर्थ यी दुई डिभाइसले आउने महिनाबाट सेक्युरिटी लगायतका कुनै पनि अपडेट प्राप्त गर्ने छैनन् ।

वाबेटाइन्फोलाई प्राप्त नोटिफिकेशन अनुसार आईओएस ११ मा आउँदो अक्टोबर २४ बाट सपोर्ट बन्द हुनेछ । यसको अर्थ यदि तपाईं आईफोन ५ अथवा ५सी प्रयोगकर्ताको हो र ह्वाट्सएप तपाईंको प्रमुख म्यासेजिङ एपमा पर्छ भने कम्पनीले सपोर्ट बन्द गर्नु पूर्व अर्को डिभाइस प्रयोग गर्नुको अर्को विकल्प रहँदैन् । 



from Tech News Nepal https://ift.tt/2vbyN0D
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प